पाख्रीबास स्थित श्री राम मा.वि.ले यसपाली भित्तेपात्रो प्रकाशन गर्ने
धनकुटा खबर, चैत २४ । पाख्रीवास नगरपालिका वडा नं ८ स्थितको श्री राम माद्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति वैठक आज सम्पन्न भएको छ ।
समितिका अध्यक्ष पूर्ण वहादुर राईको अध्यक्षतामा सम्पन्न वैठकले यो वर्षदेखी विद्यालयमा भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ ।
भित्तेपात्रोले विद्यार्थीहरुलाई विद्यालयमा हुने विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरुको वारेमा जानकारी लिन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईले वताउनुभयो ।

