धनकुटाको भेडेटारमा ‘भेडाको प्रतिमा’ बनाउन शुरू

धनकुटा, पूर्बको पर्यटकीय नगरी धनकुटाको भेडेटारमा भेडाको प्रतिमा स्थापना बनाउन शुरू गरिएकोछ । गत बैशाखमा गएको भूकम्पले जीर्ण बनाएको पुरानो भ्यूटावर हटाएर सो स्थानमा नयाँ भ्यू टावरसहित भेडाको प्रतिमा स्थापना गर्नलागिएको हो ।

भेडेटारको पहिचानका रुपमा भेडाको तीन मिटर अग्लो प्रतिमूर्तिसहित दृष्यावलोकन गर्न मिल्ने १४ फिट अग्लो नयाँ भ्यू टावर निर्माण गरिने निर्माण समितिले जनाएको छ ।

पुरानो तीन तले भ्यू टावर पटक पटकको भूकम्पले जीर्ण बनाएपछि तत्कालिन जिल्ला विकास समिति र पर्यटन विकास कार्यालय काँकरभिट्टाको करिब ५३ लाख रुपैयाँको आर्थिक सहयोगमा भेडासहितको भूकम्प प्रतिरोधी एक तले टावर बनाउन लागिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।