‘काँग्रेस जे भन्छ त्यहि गर्छ, नसक्ने कुरा भन्दैन’

काठमाडौं, २८ बैशाख । प्रमुख दल नेपाली काँग्रेसका नेता तथा पार्टी प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ प्रतिशत स्थानमा चुनाव जित्ने दाबी गरेका छन्।

बिहीबार पार्टी मुख्यालय सानेपामा आयोजित चुनावी पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो दाबी गरेका हुन् । नेपाली काँग्रेसको पक्षमा व्यापक जनमत देखा परेको दावी गर्दै लेखकले भने,‘हामी अत्यन्तै उत्साहित छौ। महानगरपालिकामा हाम्रा उमेद्वारहरु एक्लै जित्दै गरेको र तालमेल गरेका ठाउँमा पनि विजयी हुँदै छौ। शुक्ष्म विश्लेषण र प्राप्त सूचनाका आधारमा हामी ६० देखि ६५ प्रतिशत स्थानमा हामी चुनाव जित्दैछौ। ’

उनले संविधानको आधारभुत तत्वहरुको विपक्षमा रहेका दलहरुसँग मिलेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिगामी कित्तामा उभिएको आरोप समेत लगाए

उनले अघि भने,‘काँग्रेस जे भन्छ त्यहि गर्छ। नसक्ने कुरा भन्दैन भन्ने कुरा पनि स्थापित छ। यहि कुरा जनतामा विश्वासको रुपमा अगाडी आएको छ। काँग्रेसले जे भन्छ गरेर छाड्छ भनेर जनतामा भएको विश्वासका कारण जनतामा काँग्रेसका पक्षमा विश्वासको वातावरण बनेको छ।’
उनले काँग्रेसले जित्दा देश जित्छ, हार्दा हार्छ भन्ने जनतामा परेको छापका कारण पनि काँग्रेसले चुनाव जित्ने दाबी प्रस्तुत गरे । उनले भने,‘काँग्रेस हार्दा संविधान बनेन जित्दा बन्यो। काँग्रेसप्रति जनताको भरोसा छ।’

लेखकले दोस्रो चरणको चुनाव पनि काँग्रेसले सुनिश्चित गर्ने विश्वास दिलाए । उनले थपे,‘चुनाव हुन नदिने तत्वहरुको षडयन्त्रलाई चिर्दै काँग्रेसले चुनाव गराउँछ।’त्यस्तै उनले आफ्नो पार्टी चुनावमा गर्ने खर्च निर्वाचन आयोगले तोकेको खर्चको सीमा भित्रै रहेको समेत स्पष्ट पारे ।

उनले भने,‘हामी खर्चको सीमा भित्रै रहेर खर्च गर्छौ।’लेखकले संविधान मान्ने र अग्रगामी शक्तिहरुसँग तराई मधेशमा पनि तालमेल हुनसक्ने बताए। यद्धपी उनले तालमेल स्थानिय तहमै हुने विश्वास व्यक्त गरे। माओवादीसँगको सहमतिका आधारमा चुनाव पछि चाँडै नै काँग्रेस नेतृत्वमा सरकार बन्ने उनको विश्वास थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।