पोखरा एसियाकै स्मार्ट शहर बनाउने मानबहादुर-मञ्जुको सपना

पोखरा : नेकपा एमालेका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरका उम्मेदवार मानबहादुर जिसीले पोखरालाई एसीयाकै स्मार्ट सिटी र विश्वकै उत्कृष्ट गन्तब्य बनाउने सपना देखेका छन् । प्राकृतिक सम्पदाले भरिभराउ पोखरारालाई विज्ञान प्रविधीसंग जोड्दै डिजीटल शहर बनाउने उनको योजना छ ।

महानगरको सम्पत्तिको रुपमा रहेको नौ वटा सौन्दर्य तालको संरक्षण र व्यवस्थापनको कार्ययोजना तयारी गरिएकाले तालहरुको भित्रि र बाहिरी रिङ रोड साथै लिङक रोड विस्तार गरी पर्यटकको सहजतामा जोड दिने उहाँको जोड छ । बिज्ञान र प्रबिधिको बिकाससँगै डिजिटल शहर निर्माणको योजनामा छु, यसमा साइकल सिटी, नगरबासीलाई सेवासुबिधाको स्मार्ट कार्ड वितरण देखि ग्रीनसिटी निर्माणमा मुख्य कामको रुपमा राखेको जिसीले प्रतिवद्धता छ । लेखनाथ महानगरलाई स्यटालाइट शहर बनाउन छिमेकी नगरपालिकाहरुसँग समन्वय गर्दै अघि बढ्ने उहाँ प्रतिबद्धता छ ।

नगरवासीको आर्थिक हैसियत र साक्षरतादर बढाउने, निशुल्क स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राख्ने लक्ष्य जिसीको छ । परम्परागत विउविजन र प्रबिधिलाई जोड्दै कृषिमा आधुनिकीकरण सहित व्यवसायीक सबलीकरण गरी आर्थिक समृद्धि गर्ने प्रतिवद्धताछ । एक घर एक उत्पादन अनि व्यवस्थित जीवनशैली, उत्पादनमुखी युवा सहभागिताले दिगो विकास सम्भव भएकोले लेखनाथ महानगरमा आफूले जितेलगत्तै सोही अनुसारका अभियान सुरु गर्ने बताउनुभयो ।

नगरमा पीछाडिएका वर्ग, आदिबासी जनजाति, महिला, मुस्लीम, दलित, सिमान्तकृत, अल्पशंख्यक जाति मात्र नभएर महिला र पुरुष को समान सहभागिताबाट नगरको विकास गर्ने उहाँका प्राथमिकतामा छ ।

लेखनाथ–पोखरा महानगरपालिका नेपालको चर्चित महानगर हो । पर्यटकीय गन्तव्यको हिसाबले सबैभन्दा आकर्षक शहर हो पोखरा । यो शहरले नेपालको मात्रै नभएर विश्वकै उत्कृष्ट शहर बन्ने सम्भावना रहेको बोकेको छ । एमालेको लोकप्रिय नेताको रुपमा परिचित जिसीले लामो समयदेखि पोखराबासीको सहयोग र समर्थन पाउदै आउनुभएको छ ।

कास्कीका एमाले नेता तथा कार्यकर्ता र हजारौ जनताका माझ जिसीले जताको अपेक्षा आफू मेयर भएपछि पुरा गर्ने प्रतिबद्धता दोहोर्यानुभएको छ । जिसी एमालेको केन्द्रिय कमिटिका बैकल्पिक सदस्य हुनुहुन्छ । एमाले कास्कीमा अध्यक्ष भई जिम्मेवारी समेत सम्पन्न गरिक्नुभएका जसीले अहिले पार्टीको जिल्ला इन्चार्ज हुनुहुन्छ । सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष भई जनपक्षीय काम गरे पछि उनको लोकप्रियता थपीएको छ ।

साविकको कालिका गाउँ विकास समितिका अध्यक्ष समेत निर्वाचित भइ उनी गाउँ विकास समिति महासंघका केन्द्रिय सदस्यका रुपमा समेत उहाँले आफ्नो क्षमता र योग्यता प्रस्तुत गरिसक्नुभएको छ । २०३७ सालबाट राजनीतिमा सक्रिय जिसी सबैलाई समान देख्ने, मिजासिलो स्वभाव र सरल जीवनशैलीका सबैसामु लोकप्रिय हुनुहुन्छ ।
मन्जु गुरुङ

उपमेयरकी उम्मेदवार मञ्जु गुरुङ पोखरालाई पर्यटकीय, सांस्कृतिक, साहित्यसहितको एउटा शैक्षिक हब बनाउने सपना बुन्नुभएको छ । बृहत्तर पोखराको गुरुयोजना प्रभाबकारी निर्माण गर्ने पूर्वाधार निर्माणमा विशेष जोड दिने उहाँको योजना छ । कृषिमा आधुनिकीकरण , युवामा सृजनशिलता र उधमशिलताको अहिलेको प्रमुख आवश्यकता भएको उहाँको निश्कर्ष छ ।

विसं २०५० सालदेखि नेकपा (एमाले) को राजनीति मा सक्रिय मन्जु गुरु अनेमसंघ को कास्की जिल्ला अध्यक्ष हुनुहुन्छ । विभिन्न स्थानीय संघ संस्थाहरु मार्फत समाजसेवामा सक्रिय मञ्जु पोखरेली समुदायकी चर्चित नेतृ हुन् । पार्टीले अघि सारेका घोषणा अनुसार, महिलामैत्री बिकास अनि सहभागितामुलक समाबेशी र सम्बृद्ध पोखरा पोखरा बनाउने धोको पुरा गरेर छोड्ने प्रतिबद्धता मञ्जुले गर्नुभएको छ ।
रामजी प्रसाद लम्साल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।