भोलि विप्लव माओवादीको नेपाल बन्द

काठमाडौं, २९ वैशाख । स्थानीय तहको निर्वाचन विथोल्ने प्रयास गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ३० गते भोलि शनिबार नेपाल बन्दको आह्वान गरेको छ ।

स्थानीय निर्वाचन विथोल्ने अभियानअन्तर्गत बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ । बन्दको घोषणा यसअघि नै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बेला भइसकेको छ ।

बन्दका कारण निर्वाचनका लागि अन्तिम दिन गाउँ जाने मतदाता मर्कामा पर्ने देखिएको छ ।

अहिलेको संसदीय व्यवस्थाको औतिच्य नभएको भन्दै विप्लव माओवादी निर्वाचनविरुद्ध आन्दोलनमा होमिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।