महन्थलाई उपेन्द्रको झटारो: भनेको भए मै फूलमाला लगाइदिन्थेँ, ठाकुरले घृणित काम गरे, यो घटिया षड्यन्त्र हो (भिडियोसहित)
काठमाडौं, २९ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्सि आईतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशभरि नै व्यापक उत्साहप्रद माहोल देखिएकोले निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका हुन् । उनले भने,‘निर्वाचनमा नजाँदा किन गईनस् ? भन्छन्, अनि निर्वाचनमा भाग लिँदा किन सहभागिता जनाईस् भन्छन् ? यो कस्तो प्रश्न होला, बडा विचित्र छ।’


