पैसा बाँड्दा – बाँड्दै वाणिज्य मन्त्री थकाली प्रहरी नियन्त्रणमा

जोमसोम, ३० वैशाख । वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थकालीले जोमसोम पुगेर मतदातालाई पैसा बाँडेको आरोप लागेपछि उनी प्रहरी नियन्त्रण्मा पुगेका हुन् ।

थकालीलाई प्रहरीले कारवाहीका लागि नियन्त्रणमा लिएका नभई सुरक्षाका लागि लिएको जनाइएको छ । थकालीविरुद्ध जोमसोममा प्रदर्शन भएपछि शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त छ । मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर एक स्थानीयको घरमा राखेको छ ।प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् ।

बिहानैदेखि जोमसोम बजारमा कांग्रेसबाहेकका दलहरु र स्वतन्त्रका उम्मेदवार सर्मथित कार्यकर्ताहरुको प्रदर्शन चर्किएको छ । प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै अलपत्र परेका छन्।प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् ।

सदरमुकामभरि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई व्यापक रुपमा परिचालन गरेको छ । कांग्रेसबाहेकका अन्य दलका कार्यकर्ता तथा सर्वसाधारणहरु मन्त्री थकालीको विरुद्धमा प्रदर्शनमा उत्रिएका छन् । – न्युज सेवाको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।