माओवादीद्वारा एमाले कार्यकर्ता माथी गोली प्रहार

भोजपुर । भोजपुरमा बिहीबार साँझ माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ ।

भोजपुर नगरपालिका–१ हेलौछामा एमालेका ३४ वर्षीय कार्यकर्ता शारदा तामाङमाथि माओवादी केन्द्रका ३८ वर्षीर्य कार्यकता एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

माओवादी कार्यकर्ताले घर नजिकै जंगलमा हिँडिरहेको अवश्थामा एमालेका कार्यकर्ता तामाङलाइ गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिए लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि नै विवाद रहँदै आएको थियो ।

गोलीप्रहार गर्ने एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भत्र्सना गरेको छ । आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै नेकपा एमालेका सचिव शरणकुमार राईले दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । तामाङ माथि भएको गोली प्रहारको भत्र्सना गर्दै एमाले सम्बद्ध भातृ संगठनहरुले नजिकिँदै गएको निर्वाचनलाई भाँडन खोजेको आरोप लगाएका छन् । साथैे नजिकिँदै गएको स्थानीयतहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थागर्न प्रशासन समक्षमाग गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।