एमाले सचिव योगेश भट्टराईको चेतावनी,- एमाले विरोधीहरुको लिष्ट राखेका छौं
काठमाडौं, ३० बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विरुद्ध उक्साउनेहरुको लिष्ट आफूहरुले राखेको बताएका छन् । समयक्रममा यसको हिसाब किताब गरिने भट्टराईले चेतावनी दिएका छन् ।
निर्वाचनको मौन अवधि सुरु भइसकेपछि शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलेनमा एमाले सचिव भट्टराईले भने- ‘सत्ताको ज्यादती र दुरुपयोग भएको छ । एमालेको विरुद्ध उक्साउनेहरुको हामीले लिष्ट राखेका छौं, त्यसको समय क्रममा हिसाब किताब गरिने छ ।
एमाले सचिव भट्टराईले पत्रकार सम्मेलनको सुरुवातमा भने- ‘आज जुन ढंगको राज्य आतंक भएको छ, यो सत्तारुढहरुको पराजित मानसिकता हो ।’


