अधिकारको पूर्ण सदुपयोग गर्दै निर्धक्क भएर मतदान गर्न नेता थापाको आह्वान

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भोलि हुने स्थानीय तहको मतदानमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभएको छ ।

काँग्रेसको प्रचारप्रसार उपसमितिका सहसंयोजक रहनुभएका नेता थापाले आज सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतदान गर्ने अधिकारको पूर्ण सदुपयोग गर्न पनि आम मतदातामा आह्वान गर्नुभयो ।

कुनै पार्टीका कार्यकर्ताले वाणिज्यमन्त्री रोमी गौचन थकाली र आफ्ना बारेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मिथ्या आरोप लगाएको सम्बन्धमा स्पष्ट पार्दै नेता थापाले भन्नुभयो – “निर्वाचन आयोगको निर्णयअनुसार तोकिएको समयमा मन्त्रीहरुले तोकिएबमोजिमको मात्रै काम गरेको हो ।”

स्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो– “मौन अवधिमा मन्त्रीहरुले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरु जस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएको हो ।”

आफूहरुमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै उहाँले आचारसंहिता विपरीत आफूहरुमाथि हुलहुज्जत भएको भनेर काँग्रेसले नै त्यस्ता व्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको जानकारी दिनुभयो ।

“आफूहरुको तर्फबाट कुनै आचारसंहिता उल्लङ्घन भएको भए जुनसुकै कारबाही सामना गर्न तयार छौँ” – उहाँले भन्नुभयो । निर्वाचन परिणामको पूर्वानुमानका आधारमा हतास र निराश मानसिकतामा रहेका दलका कार्यकर्ताले आज बिहान काठमाडौँको कपनमा आफूमाथि दुव्र्यवहार गरेको उहाँको टिप्पणी थियो ।

उहाँले आइतबार हुने मतदानमा कसैबाट पनि प्रभावित नभई मतदान गर्न र कुनै पनि पार्टीका साथीहरुलाई संयमता नगुमाउनसमेत आग्रह गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।