‘भोलिको चुनाव परिणामपछि अलिकति झोक्राउने छन्, मंङ्सिर सम्ममा बिस्तारा लगायर सुत्ने छन्’ : केपी ओली (भिडियो सहित)

दबाब र प्रभावबाट मुक्त हुदै मतदानमा सहभागी हुन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएका आचारसंहिता उलङ्घनका घटनालाई नियन्त्रण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।

आज एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संविधान र कानुनबमोजिम आयोग चल्नुपर्ने र ऊ निरीह भएर बस्न नहुने बताउनुभयो ।

पहिलो र दोस्रो चरणका निर्वाचनबीच आफूहरुको असहमतिबीच एक महिनाको लामो ग्याप हुनु, यसबीचमा बजेट रकमान्तर गरिनु, केही जिल्लामा स्थानीय तहको सङ्ख्या थप्न खोज्नु तथा सरकारका मन्त्री र सत्तारुढ दलका नेताले मतदाता प्रभावित पार्ने जस्ता कार्य तत्काल बन्द गर्न माग गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनले संविधानको कार्यान्वयन र नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पु¥याउने महत्वपूर्ण कडीको भूमिका खेल्ने एवम् निर्वाचनपश्चात् जनताको स्वशासन सुरुआत हुनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले निर्माणका काम तथा जनताको सेवा सुविधाको पहुँचमा नयाँ गति प्राप्त हुनेछ भन्नुभयो ।

“निर्वाचनलाई निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा सम्पन्न गराउनु र प्रत्येक मतदाताको मताधिकार र मतको सुरक्षाको प्रत्याभूति गर्नु निर्वाचन आयोग र सरकारको दायित्व हो,” उहाँले भन्नुभयो ।

एमालेले आफ्ना नेता कार्यकर्तालाई लक्षित गरेर स्याङ्जा, नवलपुर, भोजपुर, गोरखा, रसुवा, काभ्रे, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, रामेछापलगायत ठाउँमा हिंसा र आक्रमणका घटना तीव्र पारिएको जनाएको छ ।

“सरकार र सत्ताधारी दलबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवक, सुरक्षाकर्मी र राज्यका सबै निकायसँग आग्रह गर्दछौँ,” अध्यक्ष ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– “लोकतन्त्रमा आफ्ना मान्यताको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै हो । त्यसैले विभिन्न असहमति राखेर निर्वाचन प्रक्रियाभन्दा बाहिर रहेका दललाई पनि दोस्रो चरणको निर्वाचनमा उत्साहसाथ सहभागी हुन अनुरोध गर्दछौँ ।”

एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले सत्तारुढ दलका नेता–कार्यकर्ताद्वारा मतदातालाई प्रभावित पार्ने काम भइरहेको आरोप लगाउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।