सुरक्षाकर्मीको आडमा सत्तापक्षले बुथ कब्जा गरेको ओलीको आरोप
भक्तपुर । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट खसालेका छन् । उनले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका हुन् ।
ओली स्थानीय निर्वाचनको लागि मतदान केन्द्रमा मध्यान्ह १२ बजे बालकोटस्थित महेन्द्र शान्ति विद्यालय पुगेका थिए । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले दोलखा लागयतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेकाले त्यसबारे कुराकानी भइरहेको बताए ।

मतदानपछि उनले भने– दोलखालगायत केही स्थानमा उनीहरुले बल प्रयोग गरेका छन्,छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण र उत्सापूर्ण ढंगले भइरहेको खबर हामीले पाएका छौं । ती बल प्रयोग र बुथ कब्जा गरिएका ठाउँको सन्दर्भमा हामीले निर्वाचन आयोगसँग कुराकानी गरिरहेका छौं ।
दोस्रो चरणको चुनावका सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा भने ओलीले केही बोल्न चाहेनन् । उनले केही ठाउँमा छिटपुट घटना भएका छन् । यस विषयमा कुराकानी भएको छ हामीले गम्भीर रुपमा लिएका छौं । सत्तापक्षले बल प्रयोग गरेको छ । दोस्रो चरणका बारेमा पछि कुरा गरौंला ।


