ललितपुरका कुन ठाउँमा कुन दलको अग्रता ?
ललितपुर जिल्लामा तीनमा एमाले र दई ठाउँमा कांग्रेस, र एक ठाउँमा माओवादी केन्द्रले अग्रता लिएका छन्।
कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रले अहिलेसम्म सबैभन्दा बढी मत ल्याएर अग्रता लिएको छ। यो गाउँपालिकमा ३ सय २५ माओवादी, एमाले १ सय ८० र कांग्रेसको १ सय ३० मत आएको छ।
ललितपुर महानगरपालिका र बागमती नगरपालिकामा भने कांग्रेसले अग्रता लिएका छन्।
महानगरमा कांग्रेसले ३६७ मत ल्याएर अग्रस्थानमा छ। त्यस्तै एमालेले ३ सय ०९ र माओवादीले ११७ मत ल्याएर दोस्रो र तेस्रो स्थानमा छन्।
त्यस्तै वागमती नगरपालिकमा १ सय ३४ कांग्रेसको, ६६ एमाले र १८ माओवादीको मत आएको छ। गोदावरी नगरपालिकामा एमालेले ७८६ मत ल्याएर लिड गरिरहेको छ। गोदावरीमा कांग्रेस उम्मेदवारले ६७५ र माअोवादी केन्द्रका उम्मेदवारले २०५ मत ल्याएका छन्।
एमालेले महांकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकामा अग्रता कायम गरेको छ।
महाकांल गाउँपालिकामा एमालेले अहिलेसम्म २ सय ५५ मत ल्याएको छ। माओवादीले १ सय ३२ ल्याएर दोस्रोमा र कांग्रेसले १ सय मत ल्याएर तेस्रो स्थानमा छ।
महालक्ष्मी नगरपालिकामा एमाले २ सय ८५ ल्याएर पहिलोस्थान,माओवादी २ सय ३३ ल्याएर दोस्रो स्थान र १ सय ३९ कांग्रेस तेस्रो स्थानमा छ।


