तारकेश्वर र विदुरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता

त्रिशूली,नुवाकोट । जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर र बेलकोेटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ ।

अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा (एमाले) बाट प्रमुृखका उम्मेदवार सञ्जु पण्डितले दुई सय , नेपाली काँग्रेसका धु्रव अधिकारीले एक सय ३६ र नेकपा (माअ‍ोवादी केन्द्र) का लीलानाथ न्यौपानेले २१ मत ल्याएका छन् । तादीमा अहिलेसम्म कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले तीन सय ४८, एमालेका केपी लामिछानेले दुई सय ८५ र माओवादी केन्द्रका मानसिंह तामाङले एक सय ५४ मत ल्याएका छन् ।

ककनीमा अध्यक्षमा कांँग्रेसका दीपेश लामाले ५१, माओवादी केन्द्रका मानबहादुर लामाले ४० र एमालेका जितबहादुर बलामीले ३८ मत ल्याउनु भएको छ । बिहान ४ बजेदेखि सुुरु भएको ककनी – १ को मतगणना जारी छ ।

तारकेश्वरमा एमालेबाट अध्यक्षका उम्मेदवार रमेश वस्तीले ३९, कांग्रेसका उम्मेदवार चोकराज शाक्यले २९ र माओवादी केन्द्रका राजेन्द्र न्यौपानेले १७ मत ल्याउनु भएको छ । यस्तै शिवपुरीमा कांग्रेसका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाले ७८ तथा एमालेका पदम उप्रेती र माओवादी केन्द्रका मीनबहादुर तामाङले ५६– ५६ मत आएको छ ।

पञ्चकन्यामा बिहान १० बजेदेखि मतगणना गरिने दलीय सहमति भएको छ । बेलकोटगढी – १ बाट मतगणना सुरु भएको छ । यस्तै सूर्यगढीको वडा नं १ बाट मतगणना आरम्भ भएको छ । यस्तै किस्पाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । दलीय सहमतिपछि केही समयमा नै मतगणना आरम्भ गरिने किस्पाङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मेघाङमा पनि भर्खरै मतगणना सुुरु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।