स्याङ्जा फेदिखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुबेदीको एमाले प्यानलै बिजयी
स्याङ्जा, १ जेठ । स्याङ्जाको फेदिखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुबेदी उपाध्यक्ष देबी थापा सहित सबै पदमा एमाले बिजयी भएको छ । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
आइतबार भएको निर्वाचनको मत गणना विभिन्न जिल्ला सुरु भएको छ। अहिलेसम्म मत गणना भइरहेका स्थानमध्ये धेरैमा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्।
काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् भने मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले विजयी भइसकेका छन्।
ललितपुर महानगर, रुकुमको मुसिकोट, जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। मओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अग्रता लिएको छ।


