निर्वाचन आयोगको निर्णयपछि चाँगुनारायणको मतगणना सुरु हुने

नगरकोट, १ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिह्न नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषयको विवाद टुङ्गिएको छैन ।

भर्खरै बसेको सर्वदलीय बैठकले सो समस्या समाधानका लागि निर्वाचन कार्यालयलाई लेखी पठाउने र जवाफ प्राप्त हुनासाथ मतगणना सुरु गर्ने गरी सहमति भएको नेपाल मजदुर किसान पार्टीका चाँगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्षका उम्मेदवार गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

वैशाख ३१ गतेको मतदानमा चाँगु नगरपालिकाको नगरकोटस्थित मतदान केन्द्रमा नवलपरासी जिल्लाको मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न नै थिएन ।

करिब २२ वटा मत खसिसकेपछिमात्र नवलपरासी जिल्लाको मतपत्र परेको तथ्य बाहिर आएको थियो । उम्मेदवारको चुनाव चिह्न नै नभएको मतपत्र सदर वा बदर गर्ने, गणना गर्ने वा नगर्ने विषयमा विवाद टुङ्गिन नसक्दा मतगणना सुरु हुन नसकेको हो । चुनाव चिह्न नै नभएका मतपत्र स्वतः बदर हुनुपर्ने स्थानीय मतदाताको भनाइ छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।