कीर्तिपुरमा पनि एमालेको विजयी सुरुवात, १ नम्बर वडामा प्यानलै विजयी
काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।
एमाले सचिव योगेश भट्टराईका अनुसार एमाले उम्मेदवार हर्ष महर्जन कीर्तिपुर नगरपालिका वडा न. १ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
साथै १ नम्बर वडामा एमालेको पुरै प्यानल नै बिजयी भएको छ ।


