संसदमा विशेष सम्बोधन गरेर ‘प्रचण्ड’ले राजीनामा दिने

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसैसाता आफूले पदबाट राजीनामा दिने बताएका छन् ।

मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्टामा ‘प्रचण्ड’ले राजीनामा दिने तयारीमा आफू पुगेको बताएका हुन् ।

भेटवार्तामा सहभागी राजपाका नेता राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले यसैसाताभित्र संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने उल्लेख गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूले यसै हप्ता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै नेता यादवले भने, ‘त्यसअघि संविधान संशोधन पारित गराउने विषयमा प्रतिवद्धता जनाउनु भएको छ ।’

कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पने जनाइएको छ ।

भेटवार्तामा राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलताका साथ सम्पन्न गरेकोमा प्रधानमन्त्री दाहाललाई बधाइ दिएका थिए । उनीहरूले दोसो चरणको चुनावका लागि वातावरण बनाउन र संविधान संशोधनका लागि आग्रह गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले संसदमा संविधान संशोधनका लागि संख्या रहको भए पनि राप्रपाले के गर्छ भन्नेमा आफूले सो पार्टीसँग जान्न चाहेको पनि बताएका थिए । ‘संविधान संशोधनमा राप्रपाले नीतिगत रुपमा सहमति जनाएको छ’, प्रधानमन्त्री दाहालको भनाई उदृत गर्दै राजपाका नेता यादवले भने, ‘प्रधानमन्त्रीज्यूले सो विषयमा राप्रपासँग पनि परामर्श गर्ने बताउनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।