वेनी नगरपालिकाको वडा नं. १ र अन्पुर्ण गाँउपालिकाको वडा नं. १ मा एमाले प्यानलनै बिजयी
म्याग्दी । म्याग्दीको वेनी नगरपालिकाको वडा नं. १ मा एमालेको पुरै प्यानल विजयी भएको छ ।
भरखरै सम्पन्न मतगणना अन्र्तग वडा नं. १ मा वडा अध्यक्ष टंक बहादुर रावल , महिला सदस्य गौरी थापा , दलित महिला सदस्य जमुना दर्जी, र खुल्ला सदस्यामा टेक बहादुर थापा मगर र तारा प्रसाद थापा मगर विजयी हुनु भएको छ ।
वेनी नगरपालिका मेयरमा एमाले उम्मेदवार प्रमोद श्रेष्ठ ४०० मतका साथ अगाडी रहनु भएको छ ।
त्यसै गरी म्याग्दीकै अन्पुर्ण गाँउपालिका वडा नं. १ वडा अध्यक्ष दिलीप कुमार गर्वुजा , महिला सदस्यमा वोममाया गर्वुजा दलित सदस्य शोभा विक , र खुल्ला सदस्यमा अमृत गर्वुजा, कुल प्रसाद मगर निर्वाचित हुनु भएको छ ।


