कमल थापाको गृहजिल्लामा एमालेले झण्डा गाड्यो ! सुर्खेतमा पनि एमाले प्यानलै विजयी :: ६५ स्थानमा मतगणना गर्दा ३२ मा एमाले अगाडी

काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत मकवानपुरमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्ला हो । मकवानपुरको थाहा नगरपालिका– ५ मा एमाले उम्मेदवार बिष्णु बहादुर गुरुङ लगायत प्यानलै बिजयी भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

सुर्खेतमा पनि पुरै प्यानलै विजयी
यता सुर्खेतमा पनि नेकपा एमालेले सानदार जित हात पारेको छ । सुर्खेतको लेकबेसी नगरपालिका १ मा एमालेका अध्यक्ष मानबहादुर पुनसहित पुरै प्यानल बिजयी भएको सचिव योगेश भट्टराईले बताए ।

६५ स्थानमा मतगणना गर्दा ३२ मा एमाले अगाडी

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु
१. कीर्तिपुर नगरपालिका (काठमाडौं) २. नागार्जुन नगरपालिका (काठमाडौं) ३ गोकर्णेश्वर नगरपालिका (काठमाडौं) ४. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं) ५. धुनीबेंसी नगरपालिका (धादिङ) ६. गजुरी गाउँपालिका (धादिङ) ७. रुबीभ्याली गाउँपालिका (धादिङ) ८. बन्दीपुर गाउँ पालिका (तनहुँ) ९. मादी गाउँपालिका (कास्की) १० बेनी नगरपालिका (म्याग्दी) ११. थाहा नगरपालिका (मकवानपुर) १२. मनहरी गाउँपालिका (मकवानपुर) १३. गैंडाकोड नगरपालिका (नवलपरासी) १४. देवचुली नगरपालिका (नवलपरासी) १५. गोकुल गंगा गाउँपालिका (रामेछाप) १६. रामेछाप नगरपालिका (रामेछाप) १७. लिखु गाउँपालिका (रामेछाप) १८. महालक्ष्मी नगरपालिका (ललितपुर) १९. डुंगेश्वर नगरपालिका (दैलेख) २०. गुर्भाकोट नगरपालिका (सुर्खेत) २१. लेकबेंसी नगरपालिका (सुर्खेत) २२. फेदीखोला गाउँपालिका (स्याङजा) २३. बनेपा नगरपालिका (काभ्रे) २४. ककनी गाउँपालिका (नुवाकोट) २५. तारकेश्वर गाउँपालिका (नुवाकोट) २६. विदुर नगरपालिका (नुवाकोट) २७. कागेश्वरी गाउँपालिका (नुवाकोट) २८. गैडाकोट नगरपालिका (नवलपरासी) २९. हुप्सेकोट गाउँपालिका (नवलपरासी) ३०. मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक) ३१. बलेफी गाउँपालिका (सिन्धुपाल्चोक) ३२. म्याग्दे गाउँपालिका (तनहुँ)

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह
१. ललितपुर महानगरपालिका २. चन्द्रागिरी नगरपालिका (काठमाडौं) ३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं) ४ .टोखा नगरपालिका (काठमाडौं) ५. गोदावरी नगरपालिका (ललितपुर) ६ गोरखा नगरपालिका (गोरखा) ७. नारायण नगरपालिका (दैलेख) ८.शिवपुरी गाउँपालिका (नुवाकोट) ९. तादी गाउँपालिका (नुवाकोट) १०. कुसे गाउँपालिका (जाजरकोट) ११. जिरी नगरपालिका (दोलखा) १२. शारदा नगरपालिका (सल्यान) १३. मुसिकोट नगरपालिका (रुकुम) १४. कावासोती नगरपालिका (नवलपरासी) १५. मध्यविन्दु नगरपालिका (नवलपरासी) १६. विनय त्रिवेणी गाउँपालिका (नवलपसरासी) १७ . बुलिङटार गाउँपालिका (नवलपसरासी) १८. दोर्दी गाउँपालिका (लमजुङ)

माओवादीले अग्रता लिएका स्थानीय तह
१. चौरजहारी नगरपालिका (रुकुम) २. गोलनचौर गाउँपालिका (सिन्धुली) ३. थाक्रे गाउँपालिका (धादिङ) ४. नेत्रावती गाउँपालिका (धादिङ) ५. रोशी गाउँपालिका (काभ्रे) ६. वागमती गाउँपालिका (मकवानपुर) ७. भेरीगंगा नगरपालिका (सुर्खेत) ८. शिवालय गाउँपालिका (जाजरकोट) ९. बारेकोट गाउँपालिका (जाजरकोट) १०. बाफीकोट गाउँपालिका (रुकुम) ११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर) १२. दार्मा गाउँपालिका (सल्यान) १३. कपुरकोट गाउँपालिका (सल्यान) १४. ढोरचौर गाउँपालिका (सल्यान)

स्वतन्त्र
१. महांकाल गाउँपालिका, ललितपुर- स्वतन्त्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।