डोल्पाको काइकेमा एमाले विजयी, ठूलीभेरी नगरपालिकामा काँग्रेसको अग्रता
डोल्पा, १ जेठ । काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी हुनुभएको छ भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी हुनुभएको छ । ठूलीभेरी नगरपालिका– २ मा नेकपा (एमाले)का देवी रोकाया वडाध्यक्षमा विजयी हुनुभएको छ ।
ठूलीभेरी नगरपालिकामा काँग्रेसको अग्रता
ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा (एमाले)का गणेश शाहीले १२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा (माओवादी केन्द्र)का लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गर्नुभएको छ ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ । रासस


