स्थानीय निर्वाचन – २०७४ : नतिजा अपडेट

सिन्धुपाल्चोक बलेफि गाउपालिका वडा १ मा वडाध्यक्ष मा ५९९ मत ल्याएर मधु थापाले जितेकि छन् । रसुवाको ३ वटा वडा अध्यक्षमा नयाँ शक्ति विजयी । खानीखोला गाउपालिकाको १ नं वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) का ज्ञानबहादुर लामा थि विजयी भएका छन् । बाह्रबिसे नगरपालिका १ काग्रेसका वडाध्यक्ष कामी शेर्पा सहित पाचले जिते । मेलम्चि नगरपालिका १० मा वडाध्यक्ष एमाले कृष्ण्प्रसाद चौलागाईंटिम ले जित्यो । मुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र विजयी । कास्कीमा मतगणना जारी, मादी गाउँपालिकाको २ वडामा एमालेको प्यानललै विजयी । चितवन इच्छाकामना गाउपालिका १मा अध्यक्ष एमालेका बन्दलाल गिरि ४१९ मतले विजयी

सिन्धुपाल्चोक जिल्लाभरको पहिलो चरणको मतदान शान्तिपूर्ण रुपमा भइरहँदा इन्द्रावती गाउँपालिकाका मतदाताले भने मतदान गर्न पाएका छैनन् । इन्द्रावती गाउँपालिकाको मतदान केन्द्र चण्डेश्वरी आधारभूत विद्यालयमा क र ख मतदानको गरी १ हजार ३ सय २० ले मतदान गर्न नपाएका हुन् ।

नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर १ मा एमाले विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेबाट वडाध्यक्षमा दलसिं तामाङ विजयी भएका छन् ।

उनले ९२ मत प्राप्त गरे । प्रतिद्वन्द्वी नेकाका लालबहादुर घलेले ६१ मत पाए । मेघाङको -५ वटा वडामात्र मतगणना भइरहेको निर्वाचन कार्यालयमा खटिएका टंकनाथ चिमौरियाले बताए । यो सबै भन्दा सानो मतदाता भएको वडा हो । यहाँ ३ सय २४ मतदाता छन् ।

प्रारम्भिक सूचना बमोजिम डोल्पा, ठूलीभेरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले ८२ र एमालेले ५६ मत पाएका छन् । उपमेयरमा राप्रपालाई ८१, माओवादी केन्द्रलाई ३, र मधेसी जनअधिकार फोरमले १ मत पाएका छन् ।

गोरखाको सबै मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्र सम्म पुग्यो । काठमाडौं कीर्तिपुर नगरपालिको वडा नं १ मा एमालेको वडा अध्यक्षसहित पुरै सदस्य विजयी भएका छन् । मुस्ताङमा पनि एमाले अगाडि, केही वडामा विजयी । सिन्धुपाल्चोकको ईन्द्रावती गाउपालिकाको मतदान केन्द्रमा तिव्र विवाद । निर्वाचन अधिकृत हरी बखातीका अनुसार विवाद पछि झडपको अवस्था । भरतपुर महानगरपालिकामा मतगणना कसरी सुरु गर्ने विषयमा दलहरुविच बिबाद चर्कियो । मतगणना अनिश्चित । दुई बजेपछि फेरी छलफलमा जुटने । ललितपुर महालक्ष्मी नगरपालिका नं १ मा नन्द केसी र २ मा रामबहादुर सुबेदी अध्यक्ष सहित पुरै प्यानल एमाले विजयी ।

भरतपुर महानगरपालिकामा सकियो भनिएको सर्वदलिय बैठक फेरी ब्युतियो।विवाद भएपछि दलहरु फेरी बैठकमा ।मतगणना कतीबजेबाट सुरु हुने अनिश्चित । काभ्रेको बनेपा नपाको मेयर र उपमेयरमा एमाले अगाडी । पाँचखाल नपामा नेकपा माओवादी केन्द्रको अग्रता । हालसम्म ललितपुर महानगर–१ कांग्रेस–६९४ एमाले –५३० माओवादी–२८९ राप्रपा– ४२ । दैलेख भगवति गाउ‌पालिकामा एमाले, २६२८, कांग्रेस १६१८, माओवादी केन्द्र १०६ । काभ्रेको पाचखाल नपामा मतगणना जारी । काग्रेस १०६ । एमाले १६६ । माओवादी केन्द्र २३६ । गोरखा नगरपालिका १५० मत गणना । कांग्रेस ९३, माओवादी केन्द्र २४, एमाले १२,नयाँ शक्ति १० । मकवानपुर थाह नगरपालिका वडा नम्बर ५ मा एमालेका विष्णुबहादुर गुरुङ ४ सय ४८ मतले विजयी ।

नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र राप्रपा अन्य
विजयी
४८ ३० २९ अगाडि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।