प्रचण्डपुत्रीले भनिन्,- रुखमा परेको मत माओवादीको हुनुपर्छ भनेकी छैन

चितवन, नेपाली कांग्रेस र माओवादीको तालमेलमा भरतपुर महानगरपालिकाको संयुक्त उम्मेदवार रहेकी प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहालले आफूले कांग्रेसको रुख चिह्नमा परेको आफ्नो पक्षमा गणना हुनुपर्छ भनेर नभनेको बताएकी छन् ।

केही सञ्चारमाध्यमहरुमा उनले मेयर पदका लागि कांग्रेसको रुख चिह्नमा परेको मद पनि रेणुले आफ्नो पक्षमा गणना हुनुपर्ने माग गरेको भन्दै समाचार आएपछि उनले यस्तो बताएकी हुन् ।

‘कांग्रेसको चुनाव चिह्नमा परेको मत माओवादीको हुनुपर्छ भनेर मैले भनेकी छैन,’ उनले भनिन्, ‘मेयर र उपमेयरका लागि माओवादीले तालमेल गरेकाले त्यस्तो अवस्थामा कसरी मतगणना गर्ने भन्ने विषयमा साथीहरुले कुरा उठाउनुभएको हो । तर, त्यसमा कुनै अडान लिइएको छैन ।’

सर्वदलीय बैठकमा आफूले भन्दै नभनेको बिषयलाई लिएर मिडिया र सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी भइरहेको भन्दै दाहालले आपत्तिसमेत जनाइन् । एमाले समर्थित मिडियाहरुले आफनाविरुद्ध नकरात्मक प्रचारबाजी गरेको उनको भनाइ छ ।

केही वडामा मतदाताको संख्याभन्दा बढी मत परेको भन्ने देखिएपछि मतगणना सुरु गर्न ढिलाई भएको बताइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।