चिनवनको भरतपुर महानगरपालिकामा रेणु दाहाललाई एमालेले जित्यो

चितवन । चिनवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको उम्मेदारलाई एमाले उम्मेदवारले पछि पारेका छन् ।

गठबन्धनको तर्फबाट प्रमुख पदमा रेणु दाहाललाई एमालेका देवी ज्ञवालीले पछि पारेका हुन् । सय मत गणना गर्दा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीको ४९ मत खसेको छ भने रेणु दाहालको ४१ मत खसेको छ । उपमेयरमा एमालेकी उम्मेदवार दिब्या आचार्यको ४३ मत आएको छ भने कांग्रेसकी पार्वती शाहको ३६ मत खसेको छ ।

प्रचण्डको गृहजिल्ला चितवनमा एमालेले खाता खोल्यो
चितवन – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृहजिल्ला चितवनमा नेकपा एमालेले खाता खोलेको छ ।चितवनको इच्छा कामना गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा एमाले उमेद्बार बिजयी भएका हुन् । एमालेका उमेद्बार नन्दलाल गिरी ४ सय १९ मतसहित बिजयी भएका हुन् ।गाउँ पालिका अन्तर्गत अन्य वडाको मतगणना चलिरहेको छ । भरतपुर महानगरमा भने अझै मतगणना सुरु भएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।