अपडेटः यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम, दोस्रो नम्बरमा साझा पार्टी
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा मतगणनाको पछिल्लो विवरण प्राप्त भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार, एक सय ७३ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ५१ मत पाएका छन् । दोस्रो नम्बरमा साझा पार्टी छ । साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले ३५ मत पाएका छन् ।
साझा पार्टीलाई नेपाली कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् । उनले ३४ मत पाएका छन् ।
विवेकशील नेपाली दलको तर्फबाट मेयर उम्मेदवार रञ्जु दर्शनाले ३१ मत पाएकी छिन् ।
माओवादी केन्द्रका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले ५ मत मात्र ल्याएका छन् । अहिलेसम्म १९ मत बदर भएको छ।


