एमालेको १२, काँग्रेस र माओवादी केन्द्र चार-चार स्थानमा विजयी

मलेखु (धादिङ), २ जेठ । स्थानीय तहको निर्वाचको मतगणना कार्य सुरु भएपछि हालसम्म २० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

प्राप्त परिणामअनुसार एमालेले २० वटा वडा, नेपाली काँग्रेसले चार वटा वडा र नेकपा (माओवादी केन्द्र)ले चार वटा वडामा विजय हासिल गरेको छ ।

धुनीबेसी नगरपालिका–१ मा चन्द्र लामा, २ मा बलराम कुँवर, थाक्रे गाउँपालिका–२ मा राजकुमार पौडेल, ४ मा गणेशमान वाइबा, गल्छी गाउँपालिका–१ मा पूर्णप्रसाद खतिवडा, गजुरी गाउँपालिका–१ मा राजकुमार पण्डित, २ मा चूडामणि कँडेल, बेनीघाट रोराङ–२ मा टङ्ककुमार थापा, सिद्धलेक गाउँपालिका–१ मा चन्द्रबहादुर सिलवाल, २ मा कम गुरुङ, ज्वालामुखी गाउँपालिका–१ मा रामप्रसाद सिलवाल, रुबीभ्याली गाउँपालिका–१ मा मेन घले एमालेका तर्फबाट विजयी भएका हुन् ।

यसैगरी नेपाली काँग्रेसको तर्फबाट खनियाबास गाउँपालिका–१ मा बुद्धि तामाङ, २ मा छेकबहादुर तामाङ, थाक्रे गाउँपालिका–१ मा इन्द्रबहादुर थापा धुनीबेसी नगरपालिका–३ मा प्रकाश हमाल वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट थाक्रे गाउँपालिका–३ मा अमित घले, बेनीघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ, नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली र २ मा शिव थापा निर्वाचित हुनुभएको छ ।

एघारवटा गाउँपालिका र दुई नगरपालिकामा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुई नगरपालिकामध्ये नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अगाडि हुनुहुन्छ भने धुनीबेसीमा एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ ।

मतपरिणम अनुसार सात गाउँपालिकाको प्रमुखमा एमाले अगाडि रहेको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस दुई÷दुई स्थानमा अगाडि छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।