रोमाञ्चक हुँदैछ काठमाडौं महानगरको मतगणना, एमाले अघिअघि कांग्रेस र साझा पछिपछि
काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार शाक्ले २६९ मत पाएका छन् ।
शाक्यलाई कांग्रेसका राजुराज जोशीले १७९ मतसहित पछ्याइ रहेका छन् ।
साझा पार्टीका किशोर थापाले १७२ मतसहित तेस्रो स्थानमा संघर्षरत छन् । विवेकशील पार्टीका तर्फबाट रञ्जु दर्शना न्यौपानेले १२० मत र माओवादी केन्द्रले १८ मत पाएको छ ।


