रेणुले गरिन् भरतपुरमा चमत्कार, एमाले नेता-कार्यकर्ता आश्चर्यचकित !

भरतपुर । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार बनेकी रेणु दाहालले अप्रत्याशित मत पाइरहेकी छिन् ।

माओवादी र काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई टक्कर दिइरहेकी छिन् । अनपेक्षित रुपमा रेणुले धेरै मत प्राप्त गरेपछि एमालेका स्थानीय नेताहरु समेत आश्चर्यचकित बनेका छन् ।

स्थानीय विवाद रहेका कारण रेणुले कम मत ल्याउने अनुमान गरिएको थियो । उपमेयरमा समेत काँग्रेसकी पार्वती शाहले एमालेलाई टक्कर दिइरहेकी छिन् ।

मतगणनामा ढिलाई भएपछि निर्वाचन कार्यालयले दुई स्थानमा मतगणना सुरु गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖