एमालेको पकड मानिएको क्षेत्रमा माओवादीले जित्यो
काठमाण्डौँ । स्थानिय निर्वाचनअन्तर्गत पहिलो चरणको मतगणनाको नतिजा आउने क्रम जारी छ ।
एमाले नेता प्रकाश ज्वालाको पकड क्षेत्र मानिएको सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
कांग्रेस एमालेको तालमेल रहेको दार्मामा माओवादी केन्द्रका उम्मेदवार निमराज केसी अरुण र टिका शर्मा ओली उपाध्यक्षमा विजयी भएका छन् ।


