अपडेट : भरतपुर महानगरपालिका; तीन सय मतले पछि परिन् प्रचण्ड पुत्री रेणु दाहाल
चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई तीन सय मतले पछि पारेका छन्।
भरतपुरको कवर्डहलमा जारी मत गणना अनुसार एमालेका मेयरका उम्मेदवार ज्ञवालीले १०७८ मत प्राप्त गर्नु भएको छ भने कांग्रेस–माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी रेणु दाहालले ७७४ मत पाउनु भएको छ।
यस्तै, एमालेका उपमेयरका उम्मेदवार दिव्या शर्माले ९३५ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी उम्मेदवार ८६५ मत पाउनु भएको छ।
यस्तै, राप्रपाका मेयरका उम्मेदवार बद्री तिमिल्सिनाले ४७ मत पाउनु भएको छ।


