कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन

कालीकोट, २ जेठ । टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन ।

जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा हिजो बिहान १० बजेदेखि मतगणना सुरु भएको भए पनि अहिलेसम्म ती गाउँपालिकामा मतगणना के कतिसम्म भयो भन्ने विवरण आउन नसकेको मुख्य निर्वाचन अधिकृत कार्यालय कालीकोटका प्रमुख निर्वाचन आयुक्त केशवप्रसाद पाण्डेले बताउनुभएको छ ।

सञ्चार विच्छेद भएर दुई गाउँपालिकाको अवस्था बुझ्न नसकिएको हो । जिल्ला प्रहरी कार्यालय, कालीकोटको सञ्चार सेटबाट पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क स्थापित हुन नसकेको बताइएको छ । जिप्रकाका प्रहरी हवल्दार धर्मेन्द्र शाहीले त्यस क्षेत्रबाट यता सम्पर्क गरेमा हुने तर यताबाट सम्भव नभएको बताउनुभएको छ । जिल्लाका अन्य क्षेत्रमा मतगणना सुस्त गतिमा भइरहेको बताइएको छ ।

कालीकोट जिल्लाका नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटामा मतगणना कार्य स्थगित भएको छ । कालिका गाउँपालिकाको बालाचौर मतदान केन्द्र, भर्तामा पार्टीहरुमा विवाद भएपछि स्थगित भएको मतदानमा पुनः जेठ ४ गते गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय, कालीकोटले जनाएको थियो ।

सो गाउँपालिकाको मतदान केन्द्रमा ८३२ मतदातामध्ये ४३० मत खसेपछि स्थगित भएको थियो । सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार ९८ मत खसेको थियो । सो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर शाही १० हजार ७३३ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोरखबहादुर केसीले १० हजार ३९ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का होइजा बुढा (गिरी)ले १० हजार ४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पशुविना बमले १० हजार ४१ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाका तिलागुफा नगरपालिकामा काँग्रेसका शङ्कर उपाध्यायको अग्रता कायम रहेको छ । रास्कोट नगरपालिकामा काँग्रेसका दानबहादुर बमको अग्रता छ भने खाँडाचक्र नगरपालिकामा नेकपा (एमाले)का जसीप्रसाद पाण्डेको अग्रता छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।