काठमाडौं र ललितपुरमा एमालेलाई धक्का ! उल्टियो परिणाम ! यस्तो छ पछिल्लो अपडेट…
काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिका दुबैमा नेकपा एमालेका उम्मेदवारलाई कांग्रेस उम्मेदवारले पछि पारेका छन् । लामो समय अग्रता लिएका दुबै महानगरपालिकामा कांग्रेसका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार राजुराज जोशीले एमालेका विद्यासुन्दर शाक्यलाई २३ मतले पछि पारेका छन् भने ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ६३ मतले पछि पारेका छन् ।
काठमाण्डौंमा काग्रेसका जोशीले ३४७ मत प्राप्त गरेका छन् भने एमालेका शाक्यले ३२४ मत पाएका छन् ।
त्यस्तै ललितपुरमा कांग्रेसका महर्जनले ३००२ मत पाउँदा व्यञ्जनकारले २९४० मत प्राप्त गरेका छन् ।


