नयाँशक्तिले भारी मत ल्याएपछि पुराना पार्टी आक्रोशित, मतगणना स्थगित

रसुवा । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ ।

उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा समेतका दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना कार्य सोमबार साँझ स्थगन गरिएको हो ।

पार्वतीकुण्ड गाउँपालिका–१ र २ को मतगणनाबाट नयाँ शक्ति नेपालले भारी मत ल्याएका कारण अन्य दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएको बताइएको छ ।

सोमबार साँझ ८ बजेदेखि बन्द भएको गणना कार्य वार्ताद्वारा गणना कार्यलाई निरन्तरता दिन प्रयास भइरहेको अधिकृत रेग्मीले बताए र खसेको कुल २,९९९ मतमध्ये २,०५७ गणना गर्न बाँकी रहेको बताइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖