काँग्रेस नेता रामचन्द्र पौडेलको गृहजिल्लामा एमालेले गाड्यो झण्डा !
तनहुँ, २ जेठ । तनहुँको देवघाट गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ ।
चार नगरपालिका र ६ गाउँपालिका रहेको तनहुँ काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला हो । जहाँ देवघाट गाउँपालिकाको मात्रै चुनावी नतिजा आएकोमा एमालेले जित हात पारेको हो ।
एमालेका दुर्गाबहादुर थापा २८८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवार कर्णबहादुर गुरुङले २८१४ मत ल्याए ।
उपाध्यक्षमा भने नेपाली काँग्रेसले जितेको छ । काँग्रेस उम्मेदवार विमला थापा २८६० मत ल्याई एक मतको अन्तरले विजयी भइन् ।
एमाले उम्मेदवार सावित्री न्यौपानेले २८५९ मत पाइन् । तनहुँका अन्य गाउँपालिका र नगरपालिकाको मत गणना जारी छ ।


