बहिनी बासनालाई जिताउन नेपाल फर्केकी चर्चित नायिका बिपना थापालाई झट्का !

दैलेख, २ जेठ । बहिनीलाई जिताउन नेपाल फर्केकी कुनै समयकी चर्चित नायिका बिपना थापालाई झट्का लागेको छ । उनकी बहिनी बासना थापाले दैलेखको नारायण नगरपालिकाको उपमेयरमा चुनाव हारेकी छिन् । काँग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी बहिनी बासनालाई जिताउन नेपाल फर्किएकी बिपना प्रचारप्रसारमा निकै सक्रिय भएकी थिइन् ।

लामो समयसम्म नेपाली चलचित्रका चर्चाको शिखरमा रहेकी बिपना भारतीय व्यापारीसँग बिहे गरी मथुरामा बस्दै आएकी छिन् । उनले दैलेखका गाउँ गाउँसम्म पुगेर बहिनीलाई जिताउन अपिल गरेकी थिइन् तर, बासना एमालेकी उम्मेदवार सावित्री मल्लसँग पराजित भइन् । दैलेखको नारायण नगरपालिकाको मेयर र उपमेयर दुबै एमालेले जितेको छ ।

मेयरमा एमालेका रत्नबहादुर खड्का विजयी भएका छन् । उनले नेपाली काँग्रेसका मणिराम रेग्मीलाई हराएका छन् । नारायण नगरपालिका वडा नम्बर ६, ७ र ८ बाहेक बाँकी ८ वटा वडाको वडा अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।