गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी

गोरखा, २ जेठ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो ।

गुरुङले एक हजार २५३ मत ल्याउनुभएको हो भने लामाले एक हजार १८५ मत ल्याउनुभएको निर्वाचन अधिकृत हरिहर दाहालले जानकारी दिनुभयो । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कुमारी गुरुङ विजयी हुनुभएको छ । गुरुङले एक हजार २८५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी छेवाङ लामाले ९८८ मत ल्याउनुभएको हो ।

चुमनुब्री गाउँपालिकाको सामागाउँ, ल्हो, बिही, छेकम्पार वडा काँग्रेसले जितेको छ । यस्तै प्रोक, चुम्चेत र सिर्दिवास वडा नेकपा माओवादी केन्द्रले जितेको छ । कुल मतदाता तीन हजार ८६९ रहेको चुमनुब्रीमा दुई हजार ९०० मत खसेको थियो ।

गोरखामा काँग्रेस अगाडि

दुई नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखाको स्थानीय तहमा मतगणना तीव्ररुपमा भइरहेको छ । आज साँझसम्म नेपाली काँग्रेसले एक गाउँपालिकासहित १७ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ९ वडा, एमालेले ६ र नयाँ शक्तिले २ वडामा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।