यति तल खसेको कांग्रेसले चुनावमा एमालेलाई टक्कर दिएको देख्दा अचम्म लाग्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले कांग्रेस पार्टीलाई अझै मत दिइरहेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन्। पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा बुधबार २४ औं मदन जीवराज आश्रित स्मति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, गर्नुजति नराम्रो काम कांग्रेसले गरेको छ तर चुनावी परिणाममा एमालेसँग टक्करमा आइरहेको छ। यो कुरा मैले बुझ्न सकेका छैन।

उनले केहीदिन अघि नै आफूले एमालेलाई भोट दिनु नपर्ने र अरु पार्टीलाई भोट दिनु पर्ने कुनै कारण नै नभएको बताए। ‘हामीले एमालेले गरेका काम जनतासम्म पुरयाउन सकेका छैनौं जनतालाई अझै भ्रममा राखिएको छ’, उनले भने।

एमालेमाथि पहिलेदेखि नै षडयन्त्र र आक्रमण हुँदै आएको उल्लेख गर्दै अध्यक्ष ओलीले मदन भण्डारीको हत्यामा पनि षडयन्त्र रहेको बताए। उनले अहिले पनि नेकपा एमालेमाथि आक्रमण भइरहेको बताए। ‘चुनावमा बुथ कब्जा गर्ने एमाले कार्यकर्तामाथि आक्रमण गर्ने गरेका छन्, हामीले कहिँकतै शान्ति बिथोलेका छैनौं’ अोलीले भने।

उनले एमाले जता हावा चल्छ त्यतै लाग्ने पार्टी नभएको जिकीर गर्दै देशको हितमा जे उपयुक्त हुन्छ त्यही दिशामा लाग्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।