यी हुन् ८० वर्षमा वडाध्यक्ष र ८६ वर्षमा वडासदस्य जित्ने वयोवृद्ध बा–आमा !

काठमाडौं । दुई दशकपछि भएको स्थानीय तह निर्वाचनको मतगणना धमाधम चलिरहेको छ । र, मतपरिणाम पनि आइरहेको छ ।

यसैक्रममा सिन्धुपाल्चोक र धादिङमा ८० र ८६ वर्षका जेष्ठ नागरिक जनप्रतिधिनि चुनिएका छन् । दुबै जनाले राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भन्ने एमालेका तत्कालीन महासचिव मदन भण्डारीको उक्तिलाई चरितार्थ गरिदिएका छन् ।

जारी मतपरिणामले एउटा सुन्दै अचम्म लाग्ने नतिजापनि दियो । कसैलाई पत्यार थिएन ८० बर्षमा वडाध्यक्ष र ८६ वर्षमा वडा सदस्य चुनिन्छन् भनेर । तर सिन्धुपाल्चोक र धादिङमा यही भएको छ । प्राप्त मतपरिणामअनुसार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।

खड्का नम्बर १ बाट २६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् । उनी यसपटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा दोस्रो वयोवृद्ध उम्मेदवार हुन् ।

यस्तै धादिङको थाक्र गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छन् । १२ वर्ष अघिबाट सामाजिक सुरक्षा वृद्ध भत्ता खाएकी विश्वकर्मा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा वडा कमिटि सदस्यमा विजयी भएकी हुन् ।

थाक्र गाउँपालिका वडा नं. ५ मा दलित महिलातर्फ विजयी भएकी चन्द्रमायाले ४९५ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिना बिकले ४७३ मत पाएकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।