मुलुकका ४ महानगरपालिका मध्ये ३ ओटामा एमालेका उम्मेदवार प्रस्ट अगाडि : भरतपुरमा रेणु दाहाल धेरै मतले पछाडि

काठमाडौं, जेठ ३ । मुलुकका चार महानगरपालिकामध्ये तीनओटामा नेकपा एमालेका उम्मेदवार प्रस्ट अगाडि देखिएका छन् ।

बुधबार साँझसम्म ललितपुर महानगरपालिकाको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारबीच अघिपछि हुनेक्रम चलिरहेको छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १ हजार ७ सय २८ मतसहित अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसका राजुराज जोशीले १ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ८ सय ४७ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ६ सय ५७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ८ हजार ९ सय ७० मतसहित अग्रता लिएका छन् ।

दोस्रो स्थानमा भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन छन्, उनको ८ हजार ९ सय ६९ मत रहेको छ ।

पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार मानबहादुर जिसीले ५ हजार २ सय ३० र कांग्रेसका रामजी कुँवरले ५ हजार ६३ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ४ हजार ६६ मतसहित अहिलेसम्म अग्रस्थानमा छन् ।

नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २ हजार ५ सय १४ मत प्राप्त गरेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।