काठमाडौं महानगरपालिका ४ नम्बर वडाबाट माओवादीलाई अहिलेसम्म एक मत
काठमाडौं, जेठ ३– काठमाडौं महानगरपालिकामा अहिले ११ ठाउँमा मतगणना भइरहेको छ । अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको हो ।
यो मध्ये वडा नम्बर ४ को १ सय ५ मत गनिसकिएको छ । १ सय ५ मत गन्दा माओवादी केन्द्रले भने १ मत मात्रै पाएको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर ४ बाट प्रमुख ५ दलका मेयरका उम्मेदवारले पाएको मत यस्तो छ । कांग्रेस– १९ एमाले– ३० माओवादी केन्द्र– १ विवेकशील–१८ साझा– १६


