४ दिन देखि अग्रस्थानमा रहेको एमालेलाई कांग्रेसले उछिन्यो, एमाले ५१, कांग्रेस ५३ ठाउँमा विजयी
काठमाडौँ । ४ दिन देखि अग्रस्थानमा रहेको नेकपा (एमाले)लाई उछिन्दै नेपाली कांग्रेस अगाडी पुगेको छ। गत बैशाख ३१ गते सम्पन्न स्थानीय निकाय निर्वाचन पछि सुरु भएको मतगणनामा चार दिनसम्म लिड गरिरहेको एमालेलाई उछिन्दै कांग्रेस अग्रस्थानमा पुगेको छ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले ५३ ठाउँमा जित हात पारिसकेको छ भने ५४ ठाउँमा अगाडी रहेको छ। चार दिनसम्म अग्रस्थानमा रहेको एमाले ५३ ठाउँमा विजयी भएको छ भने ५७ ठाउँमा नेतृत्व गरिरहेको छ।
त्यस्तैगरि नेकपा (माओवादी केन्द्र)ले २१ ठाउँमा विजयी हाँसिल गरेको छ भने २४ ठाउँमा नेतृत्व गरिरहेको छ । चुनावी तालमेल गरेका नयाँ शक्ति नेपाल र फोरम नेपाल र राप्रपा ११ स्थानमा विजयी भएका छन्।


