काठमाडौं महानगरमा मतान्तर बढ्दै, २३३५ मतले एमाले अगाडि

काठमाडौं, ४ जेठ– काठमाडौं महानगरपालिकाको मत गणनामा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य र कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको अन्तर फराकिलो हुँदै गएको छ ।

पछिल्लो नतिजा अनुसार मेयरमा एमालेका उम्मेदवार शाक्यले कांग्रेस उम्मेदवार जोशी भन्दा २३३५ मतले अग्रता लिएका छन् ।

एमाले उम्मेदवार शाक्यले ५३३७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार जोशीले ३०२२ मत ल्याएका छन् ।

यस्तै विवेकशील नेपालीकी रञ्जु दर्शनाले २३२८ मत ल्याएर तेस्रो स्थान कायम गरेकी छिन् भने साझा पार्टीका उम्मेदवार किशोर थापा १६०३ मत ल्याएर चौथो स्थानमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।