पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको इलाका पालुङटारमा कांग्रेसले मेयर जित्यो

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेको छ । कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले ४ हजार २ सय मत ल्याउँदै मेयरमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका चिन्तनले ४ हजार ३० मत ल्याएका हुन् । नयाँ शक्ति(संघीय समाजवादी फोरमका उम्मेदवार अशोक देवकोटाले ३ हजार ८ सय ३० मत हासिल गरे ।

भट्टराईको पार्टी र संघीय समाजवादी फोरमबीचको तालमेलमा उम्मेदवार बनेका अशोक देवकोटा उक्त नगरपालिकामा तेस्रो हुन पुगे । सुरुवातमा अग्रता लिएका देवकोटाले अन्तत माओवादी केन्द्रका विवस चिन्तन भन्दापछि परे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।