धुर्मुश-सुन्तलीकी आमाले हारिन्, तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो

काठमाडौँ, ४ जेठ । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तलीकी आमा सीता घिमिरे उपमेयरमा पराजित भएकी छिन् । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरमा माओवादीबाट चुनाव लडेकी उनले तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो । उनी भन्दा अघि एमाले र काँग्रेसका उम्मेदवारले मत पाए ।

बिहीबार अपरान्ह भएको मतगणना अनुसार, गोदावरी नगरपालिकाको मेयरमा काँग्रेसका गजेन्द्र महर्जन विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम सिलवाल थिए ।

यसैगरी, उपमेयरमा कांग्रेसकी मुना अधिकारी कुवर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा सञ्जेलले थिइन् । कुञ्जनाकी आमा तथा धुर्मुशकी सासुआमा सीताको उपमेयर बन्ने सपनामा तुषारापात लागेको छ । कुञ्जना (सुन्तली) को आमाको रुपमा उनले चुनाव प्रचारप्रसारमा चर्चा पाए पनि मतदाताले खासै मत भने दिएको देखिएन । धुर्मुस र सुन्तली पनि उनका लागि मत माग्न गएनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।