प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम गोप्य राखियो, सार्वजनिक गर्न छोडियो किन ?

चितवन | प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ। यस अघिसम्म एक-एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहीबार ९ बजेदेखि सार्वजनिक भएको छैन।

बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्। मतगणनाको सुरुदेखि नै उनी पछाडि छिन्।

पछिल्ला परिणामहरुमा प्रधानमन्त्री पुत्री दाहाल निरन्तर पछि परिरहेको अवस्थामा मतगणना सार्वजनिक गर्न बन्द गरिएको हो। बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्। उपमेयरमा एमालेकी दिव्य शर्मा ६६८५ मत पाएकी थिइन्। काँग्रेसकी पार्वती शाहले ६२४६ मत पाएकी थिइन्।

प्रधानमन्त्री पुत्री मतगणनाको सुरुदेखि नै एमाले उम्मेदवारभन्दा पछाडि छिन्।

सूचना लुकाउने नियतप्रति सञ्चारकर्मीले विरोध जनाएका छन्। उनीहरुले मतगणनास्थल बाहिर नाराबाजी गर्दै परिणाम सार्वजनिक गर्न माग गरेका छन्।

भरतपुरमा काँग्रेस र माओवादीबीच चुनाबी तालमेल भएको थियो। मेयरमा काँग्रेसले माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गरेको थियो। मेयर पदका लागि उम्मेदवारबिनाको रुख चिन्हमा प्रशस्त छाप लागेको भए पनि त्यसलाई गोप्य राखिएको छ। नागरिकन्युज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।