४ महानगरमध्ये तीन महानगरमा एमालेको अग्रता कायमै, यस्तो छ ४ महानगरको ताजा मत परिणाम

काठमाडौं । मतगणना भइरहेका चारवटा महानगरपालिकामध्ये काठमाडौं, भरतपुर र पोखरामा एमालेको अग्रता कायमै छ । काठमाडौंमा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले काँग्रेसका राजुराज जोशीलाई २२३४ मतले पछाडि पारेका छन् ।

पछिल्लो जानकारी अनुसार शाक्यको ६२३८ छ भने जोशीको ४००४ मत छ । विवेकशीलकी रन्जु दर्शनाको २४९८ र साझा पार्टीका किशोर थापाले १८८८ मत पाएका छन् । माओवादीका उम्मेदवार सर्वोत्तम डंगोलले ६२७ मत पाएका छन् । महानगरपालिकाहरुको मतगणना अति सुस्त गतिमा भइरहेको छ ।

त्यस्तै सर्वाधिक चासोको भरतपुर महानगरपालिकाको निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलेले अग्रतालाई झन् फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो जानकारी अनुसार ज्ञवालीले १७७९ मतले कांग्रेस–माओवादी संयुक्त गठबन्धनकी मेयरकी केन्द्रकी रेणु दाहाललाई पछि छाडेका छन् ।

ज्ञवालीले ९२१२ मत पाएका छन् भने रेणुले ७४३३ मत पाएकी छिन् । सुरुदेखि नै ज्ञवालीले अग्रता लिंदै आएका छन् ।

यस्तै ललितपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले थोरै मतले कांग्रेसका चिरीबाबु महर्जन भन्दा पछि छन् । महर्जनको ११८४३ छ भने ब्यन्जनकारको १११०३ छ ।

पोखरा नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार मानबहादुर जीसीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । जीसीले ९७२८ मत पाएका छन् भने कांग्रेसका रामजी कुँवरले ९४४४ मत पाएका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।