काठमाडौं महानगरमा अन्तर फराकिलो बनाउँदै एमाले, रञ्जु दर्शना तेस्रो स्थानमा

काठमाडौं, स्थानीय तह निर्वाचनको मतगणनामा चारवटा महानगरमध्ये तीनवटामा अग्रता लिइरहेको नेकपा एमालेले काठमाडौं महानगरमा अन्तर फराकिलो बनाउँदैछ ।

करिब २० हजार मत गन्दा एमालेका विद्यासुन्दर शाक्यले ६५६२ मत ल्याएका छन् भने पछिपछि रहेका कांग्रेसका राजुराज जोशीले ४१४२ मत पाएका छन् । तेस्रोमा रहेमी विवेकशील पार्टीकी रञ्जु दर्शनाले २७२७ मत पाउँदा साझाका किशोर थापाले १९८५ मत ल्याएका छन्। यस्तै ११ स्थानबाट भइरहेको मतगणनामा माओवादी केन्द्रका उमेदवार सर्वोत्तम डंगोलले ६४६ मत ल्याएका छन् ।

उपमेयरमा भने कांग्रेस अगाडि देखिएको छ । कांग्रेसकी हरिप्रभा खड्गीले ५६३४ मत ल्याएकी छन् भने राप्रपा र एमालेका साझा उमेदवार राजाराम श्रेष्ठले ३६९४ मत ल्याए र दोस्रो स्थानमा छन् ।

निकै सुस्त गतिमा भइरहेको काठमाडौं महानगरपालिको मतगणनामा हालसम्म एक नम्बर वडाको मत गनिइसकेको छ । एक नम्बरमा एमालेले वडाध्यक्ष जितेको छ । दुई नम्बर वडाको मत परिणाम शुक्रबार बिहानसम्म आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । त्यहाँ पनि नेकपा एमाले विजय उन्मुख छ ।

अहिले वडा नं. २, ३, ४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत गणना भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।