मध्यरातमा यस्तो आयो काठमाडौं महानगरको ताजा मतपरिणाम

काठमाडौं – काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ। महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले ८१०४ मत ल्याएका छन्। त्यस्तै काँग्रेसका राजुराज जोशीको -५१७२, विकेकशीलकी रञ्जु दर्शनाले ३२८७ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २४५२ मत प्राप्त गरेका छन्।

उता दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल विजयी भएका छन् ।
पोखरेलले ४ हजार ६ सय १५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनका भविन्द्र कार्कीले ३ हजार ८ सय २० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै उर्मिला केसी खड्का ४ हजार ४ सय २१ मतसहित विजयी भएकी छन् । उपाध्यक्षमा कांग्रेस-माओवादी गठबन्धनका रामप्रसाद पोखरेल ३ हजार २ सय ६० मत प्राप्त गरेर पराजित भए ।तामाकोशी गाउँपालिका अन्तर्गत जफे र झुलेका ३ बुथमा कांग्रेसले कब्जा गरेको भन्दै एमाले उम्मेदवारले मतदानस्थल छाडेर हिँडेका थिए । पोखरेलले ती बुथमा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगले पुनःमतदानको आवश्यकता नरहेको जनाएको थियो ।

तर, कब्जा गरिएका भनिएका बुथमा पनि एमाले उम्मेदवारको पक्षमा उल्लेख्य मत खसेपछि उनको जित सहज भएको हो । एमालेका जिल्ला अध्यक्ष तथा जिल्लाका प्रभावशाली नेता भएका कारण उनलाई पराजित गर्न कांग्रेस र माओवादीले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।