कांग्रेसको गढ ढलेपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष ओली बनेपामा

बनेपा, ५ जेठ–नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागि हुन एमाले अध्यक्ष केपी ओली बनेपा आइपुगेका छन् ।

विजयी जुलुसमा सहभागि हुन एमाले अध्यक्ष ओली र महासचिव इश्वर पोखरेल बनेपा आएका हुन् ।

नेपाली कांग्रेसको ढग मानिएको काभ्रेको बनेपा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाए ।

गत संविधानसभा निर्वाचनमा बनेपा क्षेत्रवाट नेपाली कांग्रेसका कञ्चन बादेले चुनाव जितेका थिए । उनी हाल उद्योग राज्यमन्त्री छन् ।
उपमेयरमा पनि नेकपा एमालेका रेखा दाहालले ९ हजार २ सय ३० मत पाएर विजयी भएकी छन् । नेपाली काग्रेसकी निर्मला श्रेष्ठले ८ हजार ५ सय ४१ मत प्राप्त गरेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।