भक्तपुर–९ मा मजदुर किसान पार्टीको समूह नै विजयी, सूर्यविनायक ५ मा एमाले र ६ मा काँग्रेस, चाँगुनारायण नगरपालिकामा विवादपछि मतगणना स्थगित

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ ।

नेमकिपाका रवीन्द्र ज्याख्य तीन हजार ३६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्र लाछिमस्युले ६९२ र काँग्रेसका किरण प्रजापतिले ५३१ मत प्राप्त गर्नुभएको छ । महिला सदस्य छोरी मैयाँ ह्यौमिखा तथा खुला सदस्यद्वयमा जितेन्द्र मुनकर्मी र ज्ञानकुमार मगजु विजयी भएका छन् ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–५ को वडाध्यक्षसहित समूह नै नेकपा(एमाले)ले जितेको छ । भर्खरै सार्वजनिक मत परिणामानुसार एमालेका राजकुमार जोशी एक हजार ४८० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण थापाले ८४६ प्राप्त गर्नुभएको छ । त्यसैगरी महिला सदस्यमा कमला पोखरेल सुवेदी, दलित महिला सदस्यमा गीता बिसुङ्खे तथा खुला सदस्यमा मनोज थापा र वासुदेव पोखरेल विजयी हुनुभएको छ ।

सूर्यविनायक– ६ का वडाध्यक्षमा भने काँग्रेसका रामेश्वर ध्वजू विजयी हुनुभएको छ । ध्वजूले ४९२ र उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णगोपाल त्वायनाले २३४ मत प्राप्त गर्नुभएको छ । विजयी हुने सदस्यमा काँग्रेसका तर्फबाट महिला सदस्य रमा गौतम, दलित महिला सदस्य सरला विक, खुला सदस्य राजेन्द्र त्वाती तथा एमालेका सुदाम केसी विजयी हुनुभएको छ ।

विवादपछि मतगणना स्थगित

चाँगुनारायण नगरपालिका वडा नं ३ को मतगणता स्थगन भएको छ । स्वस्तिक छापमा फरक रङको छाप लगाइएको पाइएको भन्दै विवाद भएपछि मतगणना स्थगन भएको हो ।

राप्रपाले फरक मसीको स्वस्तिक छापको प्रयोग भएको भन्दै विवाद भएपछि मतगणना स्थगन भएको मतगणनास्थलबाट सुरक्षाकर्मीले जानकारी दिएको छ । विवाद भएर मतगणना रोकिएपछि प्रजि द्रोण पोखरेल, प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मासहित सर्वदलीय बैठक सुरु भएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।